(१) कोषको व्यवस्थापन र सञ्चालनका लागि केन्द्रमा देहाय बमोजिमको केन्द्रीय समिति रहनेछ :–
(क) सचिव, सामान्य प्रशासन मन्त्रालय –अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको सहसचिव –सदस्य
(ग) सचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय वा निजले तोकेको सहसचिव –सदस्य
(घ) सचिव, शिक्षा मन्त्रालय वा निजले तोकेको सहसचिव –सदस्य
(ङ) सचिव, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय वा निजले तोकेको सहसचिव –सदस्य
(च) महालेखा नियन्त्रक वा निजले तोकेको सह महालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय –सदस्य
(छ) निजामति कर्मचारीहरूको आधिकारिक टे«ड युनियनको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि –सदस्य
(ज) सहसचिव, सामान्य प्रशासन मन्त्रालय –सदस्य–सचिव
(२) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको गठन नभएसम्म राष्ट्रियस्तरका निजामती कर्मचारीहरूको ट्रेड युनियनका केन्द्रीय कार्यसमितिका अध्यक्ष वा निजले तोकेको प्रतिनिधिलाई केन्द्रीय समितिको बैठकमा सदस्यको रुपमा भाग लिन आमन्त्रण गर्न सकिनेछ ।